गर्भवती आमाको अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु

Purbadhar dadeldhura

धनगढी- बाजुराको बडिमालिका नगरपालिका–१ पिनालेख बस्ने रमेश बिककी २६ बर्षिय श्रीमती जानकी विकको सुत्केरी हुन नसकी सोमबार राति बाटोमा मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराले रिफर गरेकी जानकीलाई बसमा महेन्द्रनगर लिँदै गर्दा अछाममा बाटोमा मृत्यु भएको श्रीमान् रमेशले बताएका छन् ।

Malpot office dadeldhura

दोस्रो पटक गर्भवती भएकी जानकीलाई अस्पताल बाजुराले रिफर गरेपछि बसमा महेन्द्रनगर लगेका थिए । अछाम र डोटीमा सिमाना चौखुट्टे पुगेपछि जानकीलाई अफ्ठयारो भएको थियो । बस चालकले बसमा अप्ठ्यारो भएको र गर्भवती महिलाको ज्यान जोखिम भएको भन्दै जिप मार्फत अछामको बयलपाटा अस्पताल जान बताएका थिए ।

जिपमा बयलपाटा अस्पताल लिँदै गर्दा जानकीको बाटोमा मृत्यु भएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले गर्भवती महिलाको बाटोमै मृत्यु भइसकेको थियो ।अस्पतालमा मृत्यु भएको शव मात्र पुयाएको उनले बताए । बच्चाको पनि पेटमै मृत्यु भइसकेको उनको भनाइ छ ।

माघ ४ गते आफन्तले जानकीलाई अस्पताल बाजुरामा चेकजाँच गर्न ल्याएका थिए । अस्पताल बाजुराले औषधि दिएर घर पठाएको थियो । जानकीलाई सुत्केरी व्यथाले च्यापेपछि माघ ८ गते आइतबार अस्पताल बाजुराले ल्याएका थिए । अस्पताल बाजुराले जानकी मुटु रोगी भएकाले सुविधा सम्पन्न अस्पताल लग्न सुझाव दिएको थियो ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...