अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ बितरण गरेकाे छ । कृष्णपुर नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा न २ को बनरा खल्ला शिविरमा बगर खेती गरिरहेका किसानहरुलाई नगरप्रमुख हेमराज ओझाको उपस्थितिमा साेमबार बीउ वितरण गरिएको हाे ।

उक्त बीउ वितरण पश्चात नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन सबै किसान दाजुभाइ लाग्नुपर्ने त्यसका लागि किसान दाजुभाइलाई आवश्यक मात्रामा बीउ र मलखाद अनुदानमा दिन नगरपालिका तयार रहेको बताए । त्यस्तै मौसमी तरकारीले मात्र बजारको माग धान्न नसक्ने भन्दै बाह्रै महिना सुपथ मुल्यमा सहज तरकारी उपलब्ध होस् भन्ने हेतुले वडा न १,२ र ३ लाई लक्षित गर्दै छिट्टै मिनि कोल्ड स्टोर र समग्र कृष्णपुरलाई मध्यनजर गर्दै ठूलो क्षमताको कोल्ड स्टोर आफ्नो कार्यकाल भित्रै बनाउने योजना रहेको नगरप्रमुख ओझाले बताए ।
अनुदानमा बीउ वितरण कार्यक्रममा नगरउपप्रमुख द्रोपती राना, वडा न २ का अध्यक्ष अर्जुन साउँद,वडा सदस्यहरु लगायत बनरा खल्ला शिविरका किसानहरुको उपस्थिती रहेको थियो ।