जेठभित्र देशभर संगठन विस्तार गर्ने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा माघ १४ देखि प्रादेशिक भेला गर्ने उल्लेख छ। यसअनुसार माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ।

माघ १६ गते मधेश प्रदेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा र माघ २४ गते लुम्बिनीको दाङमा भेला गर्ने ढकालले जनाएका छन्। यस्तै माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा भेला हुनेछ।

Navadurga sun

माघ मसान्तभित्र प्रदेश समितिका विस्तारित भेला हुनेछ र त्यसबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ। यसैगरी चैतसम्म जिल्ला निर्वाचन समिति गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...