बुधबार संक्रमितभन्दा निको हुने बढे ६७१४ संक्रमित, ६७१६ निको भए

काठमाडौं, १२ जेठ- नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५२ नमूनाको कोरोना परीक्षण गरिएको छ।मन्त्रालयका अनुसार ६ हजार ७ सय १६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।  त्यस्तै यस अवधिमा १४५ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...