कैलालीको गोदावरी नगरपालिकामा खाद्यान्न महाअभियान सुरु

महाअभियान अन्तरगत बौद्ध गुम्बा र गुरुकुल आश्रमलाई सहयोग

अत्तरिया, १२ जेठ- कैलालीको गोदावरी नगरपालिकामा खाद्यान्न महाअभियान सुरु भएको छ । कोभिड महामारीका कारण दैनिक छाक टार्ने समस्या झेलिरहेका नगरबासीहरुलाई लक्षित गरी ‘कोभिड-१९ मा हामी तपाईको साथमा’ भन्ने नाराका साथ यहाँका २३ जना युवा तथा समाजसेवीहरु मिलेर अभियानको सुरुवात गरेका हुन ।   

कोरोना भाईरसका कारण दैनिक छाक टार्न मारमा परेका नगरबासीलाई लक्षित गरी अभियानको थालनी गरेको अभियानका अभियान्ता गणेश जिमि साउँदले जानकारी दिए । ‘राज्यबाट सेवा सुविधा नपाएर, जग्गा जमिन नभएका र घरमा आम्दानीको अन्य स्रोत नभएका नगरबासीहरुलाई सहयोग गर्न अभियानको सुरुवात गरेका हौ’ उनले भने- ‘अभियानले नगरका कुनाकन्दरामा पुगी छाक टार्न समस्यामा रहेका नगरबासीको घरदैलोमा खाद्यान्न पुर्‍याउने छ ।’

godawari10 Mahila hinsa
Navadurga sun

साउँदले निषेधाज्ञा सुरु भएको करिब महिना दिनसम्म प्राय कसैलाई पनि खाद्यान्नको अभाव नहुने र त्यसपछिका दिनहरुमा दैनिक ज्यालादारी गरेर खाने परिवारलाई समस्या हुन सक्ने भएकाले केही ढिलो गरी अभियान सुरु गरेको बताए । ‘निषेधाज्ञा लामो समयसम्म जान सक्छ, त्यसैले हामीले लामो समयसम्म रहने गरी अभियानलाई सुरु गरेका हौ’ साउँदले भने- ‘खाद्यान्न अभावका कारण कसैले भोकै बस्न नपरोस भन्ने हाम्रो लक्ष्य हो ।’

जिल्लाका विभिन्न व्यापारी तथा समाजसेवीहरुको सहयोगले अभियानलाई महाअभियान बनाईएको बताउदै उनले तत्काल गोदावरी नगरपालिकालाई मात्रै केन्द्रित गरेको र विस्तारै जिल्लाका विभिन्न पालिकाहरुलाई पनि समेटिने बताए ।

Dadeldhura hospital

अभियानले अति गरिब परिवारका व्यक्तिलाई प्रतिव्यक्ति ५ किलो चामल र आधा किलो दाल दिने बताएका छन् । त्यतिमात्रै नभई अभियान अन्तरगत पहिलो चरणमा ५ सय नगरबासीलाई खाद्यान्न वितरण गरिने समेत अभियान्ता साउँदले बताउँछन् ।

साँझ विहान खानलाई मुस्कील पर्ने नगरबासीहरुलाई सहयोग गर्ने उद्देश्यले महाअभियानको थालनी गरिएको अभियानका संयोजक टिकाराम आचार्यले बताए । अभियानका संयोज आचार्यले अभियानमा आवद्ध युवाहरु मिलेर तत्कालका लागी खाद्यान्न सहयोगको सुरुवात गरेको र आगामी दिनहरुमा सबै सँग हातेमालो गरी अगाडी बढ्ने बताए ।

बौद्ध गुम्बा र गुरुकुल आश्रमलाई सहयोग
उक्त महाअभियान अन्तरगत आज अत्तरियामा रहेको बौद्ध गुम्बा र गोदावरीमा रहेको गुरुकुल आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।

बुद्धजयन्तीको अवसर पारी अभियानले गोदावरी नगरपालिका वडा नं. २ मा रहेको अहिंशावादी विश्व शान्ती धर्म चक्र बौद्ध गुम्बालाई ४ कठ्ठा चामल र ३ किलो दाल सहयोग गरेको हो भने धार्मिक पर्यटकिय स्थल गोदावरीमा रहेको गुरुकुल आश्रममा ५ कठ्ठा चामल र ४ किलो दाल सहयोग गरेको हो ।

त्यतिमात्र नभई अभियानले गोदावरीमै बस्दै आएका बृद्ध माताहरुका लागी १ कठ्ठा चामल र १ किलो दाल सहयोग गरेको अभियान्ता साउँदले बताए । उनले अभियानलाई प्रभावकारी बनाउन सबैको सहयोगको आवश्यकता रहेकाले सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।

Loading...