यतीको जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई भेटे प्रधानमन्त्रीले

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै त्यसबारे काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भनेका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन्।त्यस क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गरे।

परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराए।

 

Loading...