तनहुँमा खुकुरी प्रहार गरी पुरूषको हत्या

काठमाडौं- तनहुँमा खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका-६ टुहुरे स्थित डुम्रे-चन्द्रवती भित्री सडकखण्डमा एक पुरूषको हत्‍या भएको हो। सो ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरूङको हत्या भएको हो। हत्या आरोपमा व्यास नगरपालिका-८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए। हत्याको कारण खुलिनसकेको उनले बताए। अहिले मुचुल्का लगायतको काम भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न खुकुरी प्रहार गर्ने आशिस परियारलाई हातियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...