विमान दुर्घटना : थप चार जनाको शव निकालियो

काठमाडौं– आइतबार पोखरामा दुर्घटनाग्रस्त बनेको यती एअरलाइन्सको विमानका चार जना बेपत्ता यात्रुको शव फेला परेको छ। आइतबार साँझसम्म खोजी गर्दा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव फेला परेको थियो। राति परिसकेकाले चार जना अज्ञात थिए।

तर, सोमबार बिहानैदेखि सशस्त्र प्रहरी बलको गोताखोरको र रेस्क्यू टिमले चारवटा शव फेला पारेको हो। फेला परेका शव गण्डकी अस्पताल पठाइएको छ।

Navadurga sun

आइतबार काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। चालकदलका चार जना र ६८ यात्रु उक्त विमानमा थिए। जसमा १५ जना विदेशी र ५३ जना नेपाली यात्रु थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...