सेनामा भर्ती गराइदिने भन्दै २ लाख ४० हजार ठगी, एक युवक पक्राउ

अत्तरिया- कैलालीमा नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८, कलकत्ता कानपुरका ३५ वर्षीय हरिश चन्द्र पक्राउ परेका हुन्। उनले नेपाली सेनामा भर्ती गराइदिने भन्दै एक व्यक्तिबाट २ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार चन्द्रलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...