विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

पोखरा- यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र आज संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए । ६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.