झापाको दमकमा आगलागी, ६ वटा पसलमा क्षति

झापा- झापाको दमकमा आज बिहान आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ । दमक नगरपालिका ६ स्थित नमुना बजारमा बिहान करिब ३ बजे आगलागी भएको थियो । राज श्रेष्ठले सञ्चालन गरेको पसलबाट सुरु भएको आगलागीले छेउछाउका रहेका सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरे लगायतले सञ्चालन गर्दै आएको कपडा, कस्मेटिक पसलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रेष्ठको पसलमा आगो लाग्दा ५ वटा पसलको सरसामान बाहिर निकाल्न भ्याएका थिए । साथै आगोले सोही स्थानमा रहेको घिमिरे मार्केटका केही पसलमा पनि क्षति पुर्‍याएको छ । आगो लागेको कारण खुल्न नसकेको पनि विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

Navadurga sun

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागी दमकका २ वटा दमकल, गौरादह, कानेपोखरी, लेटाङ, शुन्दरहरैंचा, कमल लगायतका स्थानबाट आएका अन्य दमकलसहित दमक प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...