कैलालीको गोदावरीमा आज २ जना नयाँ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

Purbadhar dadeldhura

अत्तरिया, ११ जेठ- कैलालीको गोदावरी नगरपालिकामा आज थप २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा वडा नं ५ का दुई जना महिलामा संक्रमण पुष्टि भएको हो ।

Malpot office dadeldhura

यो संगै गोदावरीमा कुल कोरोना संक्रमितको संख्या १७ सय १४ पुगेको छ । यि मध्ये ११ सय ५५ जना संक्रमण मुक्त भैसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गोदावरी थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि अस्पतालमा उपचाररत वडा नं ९ का ४५ वर्षीय पुरुष र वडा नं १० का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यो संगै गोदावरीमा मात्रै ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...