काठमाडौं- तराईमा हुस्सु र कुहिरो लागेको छ । मध्य तराईमा शीत लहर पनि चलिरहेको छ । पहाडी क्षेत्रमा बदली छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।
मङ्गलवार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।
