सुप समावेशीलाई पोसाक र स्टेशनरी सामाग्री हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभुत विद्यालय अत्तरियालाई शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालय पोसाक र स्टेशनरी सामाग्री हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ ।

काव्य विद्यालय काठमाण्डौंले ‘वर्थ डे स्कलरसिप फण्ड’ को रकमबाट सुप समावेशी विद्यालयलाई न्यानो लुगा र स्टेशनरी सामग्री सहयोग गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

काव्य विद्यालयका प्रधानाध्यापक नवराज बास्कोटाले आफ्नो विद्यालयका विद्यार्थीहरुको वर्थ डे को अवसरमा जम्मा गरेको फण्डबाट सहयोग गरिएको बताए । ‘आजभोलि वर्ड डे मा केक काट्ने, चकलेट बाड्ने प्रचलन छ । तर, हामीले अभिभावक विद्यार्थीहरुलाई विद्यालयमा चकलेट केक काट्न खर्च गर्ने पैसा ‘वर्थ डे स्कलरसिप फण्ड’ मा राख्न लगाउँन्छौ’ उनले भने ‘हाम्रो विद्यालयका विद्यार्थीले चकलेट केकमा खर्च गर्ने पैसाले अर्को एक विपन्न विद्यार्थीले पढ्न पाउन्छ भनेर कन्भेन्स गरेका छौ ।’

Dadeldhura hospital

उनले आफ्नो विद्यालयका विद्यार्थी वर्थ डे मा खर्च गर्ने पैसा फण्डमा जम्मा गर्ने गरेको बताए । उनले उक्त फण्डबाट ७० हजार बरावरको न्यानो लुगा र १० हजार बरावरको स्टेसनरी सहयोग गरिएको बताए । उनले आफूहरुले बिभिन्न संघ सस्था र व्यक्तिहरुबाट पनि सहयोग लिएर सामाजिक काम गर्दै आइरहेको बताए ।

उक्त सहयोग सामग्री शनिबार एक कार्यक्रमका बीच काव्य विद्यालय काठमाण्डौले सुप समावेशी विद्यालयकी प्रधान्याध्यापक देवी साउँदलाई हस्तान्तरण गरेका थिए ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बमको प्रमुख आतिथ्यतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य खेमा देवी बिष्ट, गोदावरी नगरपालिकाकी उपमेयर सारदा देवी रोकाया लगायत शिक्षक/शिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले विद्यालयको पृष्ठभूमिका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरुका लागि पढाई हुने विद्यालय हो । अपाङ्गता सवालमा लागि परेका अपाङ्गता अभियान्ता मान वहादुर साउदको टिमको अनवरत प्रयासबाट सुरुमा २०६७ सालमा १० जना अपाङ्गता भएका विद्यार्थीहरुवाट सुरु गरेको यो विद्यालयमा वर्तमानमा ७२ जना अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

जसमा ३८ छात्र ३४ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेशको ९ जिल्ला र हुम्ला, मुगु गरी ११ जिल्लाका बालबालिकाहरु यस विद्यालयमा अध्ययनरत छन् ।

Loading...