निर्मला हत्या प्रकरण : दुई भारतीय किशोरको डिएनए परीक्षण गरिँदै

कञ्चनपुर- प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको दिन दुवै किशोर घटनास्थलआसपास देखिएका थिए ।

घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो । टोली हाल कञ्चनपुरमै छ । ‘अनुसन्धानको घेरालाई साँघुरो बनाउने क्रममा ती युवकलाई पहिलेदेखि नै निगरानीमा राखेका थियौँ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने,‘अहिले नियन्त्रणमा लिन सफल भएका हौँ ।’

Navadurga sun

१० साउन ०७५ मा निर्मलाको हत्या भएको थियो । पोस्टमार्टममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । साथीको घरबाट फर्कंदै गर्दा उनको हत्या भएको थियो । घटनाको तीन सातापछि प्रहरीले एक स्थानीयलाई पक्राउ गरेकोमा उनको डिएनए नमिलेपछि प्रहरी अनुसन्धान विवादित बनेको थियो । त्यसयता अनेक अनुसन्धान समिति बनेपनि घटना सुल्झन सकेको छैन ।

राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको विज्ञ समितिले डिएनएको नमुना संकलनमै त्रुटि भएकाले डिएनए परीक्षणबाट अभियुक्त पत्ता लगाउन कठिन हुने औँल्याएको थियो । यद्यपि, प्रहरीले भने अहिलेसम्म शंकास्पदको डिएनए परीक्षण गराउँदै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...