निर्मला हत्या प्रकरण : शंकास्पद दुई जनाको डीएनए परीक्षणका लागि नमुना संकलन

कञ्चनपुर- बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्तको घटनामा डीएनए परीक्षणका लागि दुई जनाको रगतको नमुना संकलन गरिएको छ। अनुसन्धान सक्रिय सीआइबीको टोलीले शंकास्पद दुई जनाको नमुना संकलन गरेर डीएनए परीक्षणका लागि काठमाडौं पठाएको छ।

निर्मला हत्या अनुसन्धान गर्न पछिल्लोपटक गठित डीआईजी दुर्गासिंह नेतृत्वको टोलीले पनि कञ्चनपुर पुगेर काम थालेको छ। १० साउन २०७५ मा भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको बलात्कारपछि हत्या भएको थियो।

Navadurga sun

१३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा डीएनए परीक्षणका लागि नमुना संकलन गरेर पठाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन।

रगतको नमुना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको हो। यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए निर्मलाको भजाइनल स्वाबसँग नमिलेपछि छुटेका थिए।

घटना भएको साढे चार वर्ष बितिसक्दा पनि दोषी पहिचान हुन सकेको छैन। यसबीचमा कैयौँको डीएनए परीक्षण गरिएको छ। तर अहिलेसम्म निर्मलाको भेजाइनल स्वाबसँग कसैको डीएनए मिलेको छैन।

ADD Khali jpg
ADD Khali jpg
Loading...