कैलाली प्रहरीले घरमा बसेका कोरोना संक्रमितका लागि होम आइसोलेसन कल सेन्टर सुरु





धनगढी, १० जेठ- कैलाली प्रहरीले घरमा बसेका कोरोना संक्रमितका लागि होम आइसोलेसन कल सेन्टर सेवा सुरु गरेको छ ।






घरमा बसेका संक्रमित बिरामीमा पर्न सक्ने मानसिक तनाव न्युनिकरण गर्न र अस्पतालमा सामान्य खालका लक्षण देखिएका संक्रमितको चाप कम गर्न सोमबारदेखि सो कल सेन्टर सेवा सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा ८५ प्रतिशत संक्रमित होम आसोलेसनमा रहेका छन् ।
होम आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिने कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । त्यस्तै फोनमार्फत पनि चिकित्सकहरुबाट स्वास्थ्य सम्बन्धी राय, परामर्स तथा सहयोग प्रदान गरिने समेत बताए ।
Home Isolation Call Center संचालन गिरएको सुचना :




