कञ्चनपुरको भिमदत्त नगरपालिकामा चार दिन चिसो बिदा

कैलाली- कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४ दिन चिसो बिदा दिएको छ । अत्यधिक चिसो बढेको भन्दै आज देखी २४ गते सम्म बिदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले एक विज्ञप्ति जारी गर्दै २१ गते देखी २४ गते सम्म विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

पछिल्लो केही दिन यता कैलाली कञ्चनपुरमा अत्यधिक चिसो बढिरहेको छ । यसअघि शुक्लाफाँटा नगरपालिकाले पनि दुई दिन बिदा दिने निर्णय गरिसकेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...