एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून रहेको भन्दै विभिन्न विकल्पमा छलफल जारी

काठमाडौं, १० जेठ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून रहेको भन्दै विभिन्न विकल्पमा छलफल भइरहेको जनाएको छ ।

सोमबार सिंहदरबारमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ज्ञापन–पत्र बुझ्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले दोश्रो चरणको कोरोना महामारीका कारण एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून हुदै गएको बताए ।

Navadurga sun

मन्त्री श्रेष्ठले एसईई परीक्षाका विषयमा मन्त्रालयले विभिन्न विकल्पमाथि छलफल गरेको र छिटै टुङ्गो लाग्ने समेत बताएका छन्। उनले एसईई र कक्षा १२ को परीक्षाका विषयमा छलफल गर्न मन्त्रालयले कार्यदल गठन गरेको र कार्यदलको सुझावका आधारमा छिटै निर्णय लिइने जानकारी दिएका छन ।

त्यसैगरी शिक्षा क्षेत्रको सुधारका लागि बजेट थप गर्ने लगाएतका अन्य विषयमा पनि सरकार गम्भीर रहेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठलाई ज्ञापन–पत्र बुझाउदै अखिलका संयोजक ऐन महरले विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिक सत्र शुरु गर्न समेत माग गरेका छन ।

१३ बुँदे ज्ञापन पत्रमा भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शुल्क मिनाहा गर्नुपर्ने, विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गर्नुपर्ने, असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्नुपर्ने लगाएतका माग राखिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...