आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dadeldhura hospital

प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागमा हुस्सुरकुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

Loading...