दार्चुलामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी (सुचना सहित)

दार्चुला, ९ जेठ– दार्चुला जिल्लामा निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको आज (आइतबार) बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको हो।

Dadeldhura hospital

कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार वैशाख ३० गते प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जेठ १० गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा आदेशको अवधि जेठ २० गते राती १२ बजेसम्मका लागि थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन जेठ २० गतेसम्मका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले बताए। यो निषेधाज्ञा दार्चुलामा तेस्रो पटक थपिएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

यो भन्दा पहिला प्रशासनले बैशाख २५ देखि ३१ गते सम्मका लागि त्यसपछि बैशाख ३१ देखि जेठ १० गते तथा जेठ १० गते भोली सकिन लागेको निषेधाज्ञा थप गरी पुन २० गते दश दिन निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ।

Loading...