दक्ष जनशक्ति अभावका कारण टीकापुर अस्पतालमा थन्किए भेन्टिलेटर

टीकापुर– कैलालीको टीकापुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भयो । अस्पतालका भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा प्रयोग भएनन् । उनलाई महँगो भाडा तिरेर हेलिकप्टरबाट चितवन लगियो । उनको उपचार जारी छ ।

अक्सिजनको हाहाकार भइरहेको टीकापुरमा भेन्टिलेटरको सुविधा पनि नभएपछि उपचारका लागि बाहिर लैजाने परेको ती महिलाका आफन्तले बताए । केही दिनअघि टीकापुर अस्पतालमा उपचार गराइरहेका टीकापुर–१ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषका आफन्तले पनि यस्तै पीडा बेहोरे । उनले भेन्टिलेटरको खोजी गरी कोहलपुर लैजाने निर्णय गरे ।

Navadurga sun

गम्भीर अवस्थाका उनको बाटैमा ज्यान गयो । यहाँ भेन्टिलेटर नभएर बिरामीले सास्ती खेप्नु परेको भने होइन । अस्पतालको सघन उपचार कक्षमा सात थान भेन्टिलेटर छन् । तर, ती प्रयोगमा आएका छैनन् । अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको हो । कोरोना संक्रमितलाई श्वासप्रश्वासको गम्भीर समस्या हुने भएकाले यतिबेला भेन्टिलेटर प्रयोग निकै आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

‘एकदमै कम अक्सिजन भएका बिरामीलाई कृत्रिम श्वासको व्यवस्था गर्न भेन्टिलेटर प्रयोग गरिन्छ,’ अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रेमकुमार राईले भने, ‘भेन्टिलेटर सञ्चालनमा नआउँदा कतिपय बिरामी रेफर भएर गएका छन् ।’ डाक्टर राईका अनुसार प्रदेश स्वास्थ्य तालिम केन्द्रले भेन्टिलेटर सञ्चालनको सामान्य तालिम लिएका डाक्टरले सञ्चालन गर्ने भनी पत्राचार गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...