
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय (मौसम) प्रणालीको आंशिक प्रभाव रहेको छ।हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।



महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।शुक्रबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। यस्तै, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

