ब्यानरमा त्रुटी भएको भन्दै आयोजकले माग्यो माफी

कञ्चनपुर- कञ्चनपुरमा आयोजित एक कार्यक्रमको ब्यानरलाई लिएर चौतर्फी आलोचना भएपछि आयोजकले माफी मागेको हो। उक्त कार्यक्रमको आयोजक द्वन्द्वपीडित महिला तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले त्रुटिवस ब्यानरमा न्यूनिकरण र रोकथाम शब्द छुट्न गएको भन्दै माफी मागेको छ ।

पुस ६ गते देखि ८ गतेसम्मका लागि आयोजना गरिएको तालिम कार्यक्रमको ब्यानरमा ‘मानव बेचविखन तथा ओसार पसार सम्बन्धी तालिम’ लेखिएको थियो ।

Navadurga sun

जसको अर्थ मानव बेचविखन तथा ओसार पसार गर्न सिकाउने लाग्न जान्छ । जसको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको थियो । द्वन्द्वपीडित महिला तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहराले ‘मानव बेचविखन तथा ओसार पसार न्यूनिकरण र रोकथाम सम्बन्धी तालिम’ हुनुपर्नेमा प्राविधिक त्रुटिबस गल्ती भएको बताएकी छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...