दार्चुलामा भारतविरुद्ध विप्लवको नाराबाजी

 कञ्चनपुर- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुला सदरमुकाम खलंगामा सोमबार भारतविरुद्ध प्रदर्शन गरेको छ।भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो।

नेपाललाई असर पुग्ने गरी निर्माण गरिएको तटबन्धको संरचना हटाउन भारतले सहमति जनाए पनि अझै कार्यान्वयन गरेको छैन।
नेपाली नागरिकहरुले ढुंगा प्रहार गर्दा तटबन्ध निर्माणमा संलग्न मजदुर घाइते भएको भन्दै भारतीय पक्षले नेपाली नागरिकविरुद्ध मुद्दा दर्ता गरेको छ।

Navadurga sun

भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको बताउँदै विप्लवले दार्चुलामा विरोध प्रदर्शन गरेको हो। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको माग समेत उनीहरुले गरेका छन्। ‘लिपुलेक हाम्रै हो, फिर्ता गर’ भन्दै उनीहरुले नाराबाजी समेत गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...