केही ठाउँमा वर्षा र हिमपात हुने सम्भावना

काठमाडौँ- आज (शनिबार) देशका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली ९आकाशमा थोरै बादल० रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने तिनै प्रदेशका उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

अहिले बिहान भने देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको बुलेटिनमा उल्लेख छ।बुलेटिनअनुसार आज राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

Navadurga sun

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ स् तराईका केही भूभागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यककाको न्यूनतम तापक्रम ७।७ डिग्री रहेको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। काठमाडौँ उपत्यकामा भने आज वर्षा तथा हिमपातको सम्भावना नरहेको जानकारी पनि उनले दिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...