कृष्णपुर नगरपालिकासँग नेपाल बीमा प्राधिकरण बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम

प्रकाशबहादुर बोहरा
अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकासँग नेपाल बीमा प्राधिकरण बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

Navadurga sun

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख हेमराज ओझाले बीमा कम्पनीहरुले जीवन बीमा भन्दा निर्जीवन बीमा (कृषि/पशु बीमा) गराउन बढी केन्द्रित गराउनुपर्ने बताएका छन् । उनले जीवन बिमा गर्ने कम्पनीहरु अत्याधिक बढी संख्यामा र बीमा गर्न पनि मरिहत्ते गर्ने गरेको भएपनि अहिलेको मुख्य आवश्यकता निर्जीवन बीमा गराउनु भएकोले त्यसतर्फ अग्रसर भएर हरेक व्यवसायिक किसानहरुको पहुँचमा सरल र सहज तरीकाले बीमा कम्पनीहरु पुग्नुपर्ने बताए ।

नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकामा विशुद्ध कृषि पेशाबाट जिविकोपार्जन गर्ने किसान दाजुभाइ तथा दिदीबहिनीको संख्या बढी भएकोले कृष्णपुर नगरपालिकासँग जोडिने बीमा कम्पनीहरुले कृषि तथा पशु बीमालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउँदै नगरपालिका बीमा निती बनाएर नेपाल बीमा प्राधिकरणसँग समन्वय गरी नगरका सम्पुर्ण व्यवसायी किसानहरुको सरल र सहज पहुँचमा बीमा सेवा पुर्‍याउन तत्पर रहेको समेत बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...