कञ्चनपुर र अछाममा कोरोना उपचार तथा रोकथामको लागि रकम संकलन गर्न नपाइने

अत्तरिया, ७ जेठ- कोरोना भाइरस रोकथाम तथा उपचारको लागि कञ्चनपुर र अछाम जिल्लामा आर्थिक सहयोग संकलन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र अछामले शुक्रबार छ्ट्टा छुट्टै सूचना जारी गर्दै आर्थिक सहयोग संकलन गर्न नपाइने जनाएका हुन् ।

सूचनामा आफु खुशी रकम जम्मा गर्ने अभियान चलेको भन्ने सूचना प्राप्त हुन आएकोमा यसरी कोरोना उपचारको नाममा जथाभावी रकम जम्मा गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी देखिएकोले यस्ता कार्य नगर्न अनुरोध समेत भनिएको छ ।

Navadurga sun

त्यसैगरी सहयोग गर्न चाहने इच्छुकले राष्ट्रिय वाणिज्य बैक सिंहदरवार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सकिनेछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...