बाजुरामा एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुरा- बाजुराको उत्तर–पूर्वी क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिका– १ मुक्तिकोटकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। १८ वर्षीया पवित्रा कडारालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको स्थानीय रन्दीप बुढाले बताए।

Ganyapdhura gau
Dadhaldhura pur

सुत्केरी बेथा लागेपछि पवित्रालाई मंसिर २५ गते सामुदायिक इकाइ स्वास्थ्य केन्द्र फयालगाउँमा भर्ना गरिएको थियो। तर, त्यहाँ उनलाई सुरक्षित प्रसूति गराउन नसकेपछि मंगलबार हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य केन्द्रबाट हिजो रिफर भएकी पवित्रालाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको सहायक प्रजिअ विष्टले बताए। स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकोप्टरमार्फत उनलाई सुर्खेत पठाइएको हो।

Couple
Loading...