चोलेन्द्रलाई सर्वोच्चमा प्रवेश गर्न नदिन सरकारको निर्देशन

काठमाडौँ- सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिन निर्देशन दिएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जबरा बालुवाटारबाट आएर सर्वोच्चमा छिर्न खोजे रोक्न निर्देशन दिएको हो।

Dadeldhura hospital

गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालत क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई चोलेन्द्रलाई रोक्न सर्कुलर पठाएको हो। बुधबार दिउँसै प्रहरी प्रधान कार्यालयले उक्त सर्कुलर पठाएपछि थप निर्देशन आएको छैन। संसद सचिवालयले बुधबार जबराविरुद्ध २०७८ फागुन १ गते लागेको महाअभियोग निष्प्रभावी भएको पत्र दिएको थियो।

Navadurga sun
Godawari sandesh

त्यससँगै चोलेन्द्र दिउँसो ३ बजे बालुवाटारस्थित सरकारी निवासबाट सर्वोच्च निस्किने तयारीमा थिए। तर उनी आउने खबर पाएसँगै सर्वोच्चको गेटमा सयौँको संख्यामा वकिलहरुले धर्ना दिएका छन्। यसअघि गत असोजमा संसदको पाँच वर्षे कार्यकाल सकिँदा पनि चोलेन्द्रले सर्वोच्च फर्किन खोजेका थिए। तर उनलाई बालुवाटारस्थित निवासमै सुरक्षाकर्मी परिचालन गरेर त्यसबेला पनि रोकिएको थियो।

Loading...