कैलालीको एक पसलमा आगलागी

धनगढी– कैलालीको जानकी गाउँपालिकाको एक पसलमा आगलागी भएको छ। जानकी गाउँपालिका वडा नम्बर ५ पथरैयाका महमद युनिस जागाको न्यू मदार स्टोर किराना होलसेल पसलमा आगलागी भएको हो।

गोदाममा विद्युतको तार सर्ट भइ एक्कासी आगलागी हुँदा गोदामभित्र भएका किराना पसलको सबै सामान जले नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीमा करिब १२ लाख बराबरको क्षति भएको छ। मानविय क्षति भने भएको छैन। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...