बाजुरामा रोकिएको मतगणना फेरि सुरु

Dadeldhura hospital

बाजुरा- बाजुरामा रोकिएको मतगणना अहिले सुरु भएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि विवाद भउर गणना रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए ।

Ganyapdhura gau

मतगणना रोकेर भएको छलफलमा बाकसमा भेटिएका सबै मत गन्ने सहमति भएपछि मतगणना सुरु भएको हो ।पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फको सात हजार ५१० मतको गणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् । पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिंदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मतसहित उनलाई पछ्याइरहेका छन् ।

 

 

Loading...