कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प छैन: उपसभापति खडका

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प अहिले नै खोज्नु नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताए।

खड्काले यसपटक दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताए। कांग्रेसभित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताउँदै खडकाले पार्टीलाई एकताबद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने मुख्य दायित्व भएको बताए। खड्काले भने, ‘कांग्रेसको संसदीय दलको नेताको निर्वाचन हामीले सर्वसम्मत तरिकाले गर्नुपर्छ।

Navadurga sun

त्यो गर्ने वातावरणको निर्माण गर्नुपर्छ। त्यही दिशामा अगाडि बढाउनका लागि वातावरण निर्माण गर्नका लागि मेरो आफ्नो क्रियाशीलता पनि रहनेछ।’ कांग्रेस पार्टी देउवाकै नेतृत्वमा अगाडि बढेकाले संसदीय दलमा उनको विकल्प खोज्न नहुने खड्काको भनाइ छ। ‘सिधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ। सत्ता गठबन्धन होमिएको छ। विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडी बढेको छ।

सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन,’ खड्काले भने। उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने पनि बताए। व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउनु पर्नेमा खडकाले जोड दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...