ढुङ्गाले च्यापिएर बालकको मृत्यु

Dadeldhura hospital

अछाम- तरुल खन्ने क्रममा ढुङ्गाले च्यापिएर मङ्गलसेन नगरपालिकामा एक बालकको ज्यान गएको छ । मङ्गलसेन नगरपालिका –११ खिमाडा निवासी १४ वर्षका गौतम भुलको ज्यान गएको हो ।

गाउँ नजिकै रहेको पडानी भन्ने स्थानमा भाइसहित तरुल खन्न गएका गौतमको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष नरबहादुर भण्डारीले जानकारी दिए। मृतक बालक मङ्गला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओलीगाउँमा कक्षा ५ मा अध्ययनरत थिए ।

Navadurga sun
Godawari sandesh
Loading...