आयोगको निर्णय कुर्दै निर्वाचन कार्यालय बाजुरा

बाजुरा- बाजुराको मतगणनको काम निर्वाचन आयोगको निर्णयपछि मात्र हुने भएको छ। जिल्लाका नौ वटै स्थानीय तहका झण्डै ७० वटा मतादानस्थल तथा ११२ वटा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको भए पनि मतगणनाको काम अझै हुन सकेको छैन। नेपाली कांग्रेस र नेकपा ९एमाले०बीच फर्जीमत खसालेको विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। मतगणनाको विषयमा आयोगको केन्द्रीय कार्यालयबाट निर्णय हुनुपर्ने बताउँदै मतगणना रोकिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार मङ्सिर ९ गते निर्वाचन आयोगबाट सह–सचिव तुल्सीबहादुर श्रेष्ठ नेतृत्वको टोली बाजुर आएर अनुसन्धान पश्चात काटठमाडौं फर्किइसकेको छ। अवस्थीले मङ्सिर ४ र १० गते भएको मतदानलाई कायम गर्ने कि पुनः निर्वाचन गर्ने भन्ने कुरा आयोगले नै निर्णय गर्ने बताए ।

Navadurga sun

बाजुरामा दुई पटक निर्वाचन भइसकेको छ। देशभर मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि बाजुरामा भने मङ्सिर ४ र १० गते गते गरेर दुई दिनमा निर्वाचन सम्पन्न भएको हो। जिल्लाका ६९ मतदानस्थलमा मङसिर ४ र बूढीनन्दा नगरपालिका ५ को नन्देशवरी माविमाको मतदान स्थलमा मङ्सिर १० गते निर्वाचन सम्पन्न भएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...