कञ्चनपुरमा दैनिक आठ घण्टा लोडसेडिङ

कञ्चनपुर- जिल्लाको दक्षिणी क्षेत्रमा आठ घण्टा विद्युत कटौती गरिएको छ। आज देखि १५ दिनका लागि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्मका लागि विद्युत सेवा कटौती गरिएको हो।

नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले जारी गरेको सूचना अनुसार लालपुर, कलुवापुर, बेलौरी ३३ केभी लाइन अन्तर्गत बन्साहदेखि शान्तिपुर बेलौर सम्म खेतमा भएका पोलहरुको कन्डक्टर अपग्रेड गर्ने, कलुवापुर सव स्टेशनमा ३३ केभी फिडर निर्माण, ब्रेक कनेक्सन, लाईन एलाइनमेन्ट लगायतका कार्य गर्नु भएकाले विद्युत सेवा कटौती गरिएको जनाइएको छ।

Navadurga sun

लालपुर सव स्टेशनबाटै लाइन अवरुद्ध हुने बताइएको छ। समय अगावै लाइन मर्मतको कार्य सकिए तत्कालै विद्युत सेवा सुचारु हुने जारी सूचनामा जनाइएको छ। विद्युत सेवा कटौती हुने भएपछि बेदकोट, शुक्लाफाँटा, लालझाडी, बेलौरी लगायतका क्षेत्र प्रभावित हुने भएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...