प्रधानमन्त्री देउवाले भेटे प्रचण्ड र माधव नेपाल

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दलहरूका शीर्ष नेताहरूसँग भेटघाट बढाएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्षका अध्यक्ष माधव नेपालसँग उनले आज बिहान छलफल गरेका छन्।

देउवाले बालुवाटारमा दाहाल र नेपालसँग छुट्टाछुट्टै छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ। यसअघि गत शनिबार पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटघाट भएको थियो। आजै बिहानै नेकप एसका अध्यक्ष नेपालसँग कांग्रेस नेता रामचन्द्र पौडेलले पनि भेटेका छन्। निर्वाचनको परिणाम आउने क्रम अन्तिमतिर पुगिरहँदा दलहरूका शीर्ष नेताहरूबीच नयाँँ सरका गठनबारे छलफल सुरु भएको छ।

Navadurga sun

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसँग चुनावी परिणामको समीक्षा गर्दै भावी सरकार गठनबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बोलाउने गरी छलफल अगाडि बढाएका छन्। नेताहरूका अनुसार एक दुई दिनमै गठबन्धनको बैठक बोलाउने तयारी गठबन्धनका शीर्ष नेताले गरिरहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...