जसपाले कटायो थ्रेसहोल्ड

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रतिनिधिसभा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ। निर्वाचन आयोगको तत्कालीन तथ्यांकअनुसार कूल सदर मतको थ्रेसहोल्ड सीमा ३ लाख २० हजार मतलाई मानिएको छ। जसपाले उक्त सीमा पार गरेको हो। यो खबर लेख्दासम्म उसले ३ लाख २३ हजार ८ सय ७० समानुपातिक मत प्राप्त गरेको हो। योसँगै अहिलेसम्म ६ पार्टीले राष्ट्रिय दलको मान्यता पाउने पक्का भइसकेको छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनले दलले राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ।नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ। यो खबर तयार पार्दासम्म समानुपातिकमा पहिलो स्थानमा रहेको एमालेले २५ लाख २८ हजार ७ सय ६६ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ९४ हजार २ सय ३९ मत ल्याएको छ।

Navadurga sun

यस्तै तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६२ हजार ८ सय ६६ मत प्राप्त गरिसकेको छ भने यसपछि चौथो स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ५९ हजार ५ सय २९ मत ल्याएको छ। पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ३१ मत पाएको छ। अहिलेसम्म ९२ लाख ८० हजार ६ सय ६२ मत गनिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकामा यसको ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार आसपास मत खसेको छ भने अहिलेसम्मको गणनाअनुसार ३ लाख मत बदर भएको आकलन छ। अहिलेसम्मको हिसाबले कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...