इलाम १ मा झलनाथ खनाल पराजित, एमालेका महेश बस्नेत विजयी

काठमाडौँ- इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्। सुरुदेखि नै पछि परिरहेका खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २९ सय ५७ मतले पराजित भएका हुन्। तर यसको अन्तिम मतपरिणामको विवरण निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिसकेको छैन।

इलाम क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष सुवास नेम्वाङले झिनो मतले जितिसकेको अवस्थामा १ मा पनि एमालेले जित्नेतर्फ अग्रसर भएको हो।शनिबार दिउँसो २ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार एमाले उम्मेदवार बस्नेतले २४ हजार ३०४ मत ल्याएका थिए।

Navadurga sun

सुरुदेखि नै पछि परिरहेका खनालले २१ हजार ८०२ मत ल्याएका थिए।। त्यसबेला अहिले २५ सय २ मतले पछि परेका थिए। तर अन्तिम परिणाम आउँदा त्यो मतान्तर बढेर तीन हजारनजिक पुगेको हो। आफू पछि परेपछि खनालले त्यहाँ पुनस् गणना गर्नुपर्ने माग गरेका थिए। तर निर्वाचन आयोगले त्यसलाई स्वीकार गरेन।

उनले सुरुमा ५ सय मत तलमाथि गरिएको बताएका थिए। त्यसपछि पनि उनले २६० मतमा गडबड गरिएकाले मतगणना बहिष्कार गर्ने चेतावनी दिएका थिए। तर आयोगले उनको दाबीलाई अस्वीकार गर्दै मतगणना टुंग्याएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...