सेती अस्पतालको सेवा चुस्त दुरुस्त बनाउन बार अनुसारको कार्यतालिका सार्वजनिक


धनगढी, ६ जेठ- सेती प्रादेशिक अस्पतालको सेवा चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन बार अनुसारको कार्यतालीका सार्वजनिक गरिएको छ ।


सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले विहीबार एक विज्ञप्ती जारी गर्दै अस्पतालको सेवा थप प्रभावकारी बनाउन तथा व्यवस्थापन बलियो बनाउन बार अनुसारको कार्यतालिका सार्वजनिक गरेको हो ।



आइतबार कोभिड वार्डमा खटीएका चिकित्सक तथा नर्सिङ इञ्चार्जसंग देखिएका समस्याका बारेमा छलफल तथा आईसीयू र भेन्टिलेटरका बारेमा रिपोर्टिङ गर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी औषधिको अवस्थाबारे फार्मेसी ईञ्चार्जसंग रिपोर्टिङ लिने, प्रयोगशाला ईञ्चार्जसंग श्वाव संकलन तथा छिटो छरितो रिपोर्ट प्रदान गर्ने लगायतका विषयमा रिपोर्टिङ गर्ने उक्त जारी विज्ञप्तीमा भनिएको छ ।
सर्वसाधारणमा जानकारी:




