धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

RBB Bank Suvakamana
Purbadhar dadeldhura

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने बताए । ‘सुरुबाटै त्रुटिहरु देखिएका छन् । खसेको भन्दा धेरै गणना कसरी हुन्छ ?’ खनालले  भने, ‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण हो ।’

Malpot office dadeldhura

पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् ।

‘मैले प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरें, उहाँसँग पनि यसको जवाफ छैन,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब रिपोलिङको विकल्पै छैन ।’ यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो ।

‘त्रुटि रोकिएन । अब हाम्रा प्रतिनिधिहरुले त्यहाँ हस्ताक्षर गर्दैनन्, त्यो सम्भव पनि छैन’, खनालले भने । पछिल्लो गणनाअनुसार, इलाम(२ मा खनालसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका महेश बस्नेतले अग्रतालाई लिइरहेका छन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...