रौतहट-१ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी

रौतहट— रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपाल विजयी भएका छन्। नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका हुन् ।

Bhancha ghar0

नेपालले ३३ हजार ५२२ मत ल्याएका छन् भने एमालेका गुप्ताले २६ हजार ९२२ मत पाएका छन् । यहाँ जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १ हजार ४११, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्रले ४५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरोजकुमारीले ३५३ मत पाएकी छिन् ।

नेपाल ०७४ मा काठमाडौं-२ बाट निर्वाचित भएका थिए । तर एमाले विभाजित भएपछि एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार थिए ।

Leave A Reply

Your email address will not be published.