सेती प्रादेशिक अस्पतालमा ३३ कन्सन्ट्रेटर जडान, संक्रमितको उपचारमा सहज


धनगढी, ५ जेठ- सेती प्रादेशिक अस्पतालले उपचारमा सहजताका लागि ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ। अस्पतालमा संघीय सरकारले खरिद गरेर पठाएको २४, प्रदेश सरकारले दिएको ६ र विभिन्न दाताहरुको सहयोग गरेका ३ समेत लगायत ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।



अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिन्डर भरेर संक्रमितको वेडसम्म पुगाउनुपर्ने झन्जट समेत हटेको बताउँदै श्रेष्ठले अहिले प्लान्टबाट सोझै पाइप जोडेर अक्सिजन दिन थालिएको बताए । जसले संक्रमितको उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।


सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पतालमा अहिले एक सय २२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये १६ जनाको आईसीयू, १ सय १ जना अक्सिजन सपोट र ५ जनालाई आवश्यकताका आधारमा अक्सिजन दिएर उपचार भइरहेको अस्पतालले जनाएको छ ।



