


धनगढी- सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महुसुस भएको छ । बिहान ९ः२८ बजेतिर भूकम्पको धक्का महसुस भएको हो ।भूकम्पको धक्का डोटी, बझाङलगायतका जिल्लामा महसुस भएको छ । डोटीका पत्रकार प्रकाश बमले भूकम्पले सिलगढीमा घरहरू हल्लाएको जानकारी दिए ।


बझाङका पत्रकार भूमिराज पिठातोलीले पनि सदरमुकाम चैनपुरमा भूकम्पले धक्का दिएको बताएका छन् । भूकम्पको शक्ति र केन्द्रबिन्दुबारे विस्तृत जानकारी आइसकेको छैन ।



