कांग्रेसको चुनाव परिचालन समितिमा आरजुसहित ६ सदस्य थपिए

काठमाडौं- नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिमा थप ६ जना सदस्य थप भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित) बमोजिम पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिमा सदस्य थपेका हुन्।

Dadeldhura hospital

उनले सोमबार डा. आरजु राणा देउवा, खिलानाथ दाहाल, आनन्दसन्तोषी राई, तिलक रानाभाट, तारा श्रेष्ठ र किरणप्रसाद गजुरेललाई मनोनयन गरेका हुन्। देउवाले आइतबार श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका थिए । समितिमा पार्टीका अधिकांश समानुपातिक उम्मेदवारलाई समेटिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

समितिमा नेताहरु रामशरण महत, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु उमा रेग्मी, जीपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेल, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई र चिनकाजी श्रेष्ठलगायत छन् । सत्ता गठबन्धन दलले भने चुनाव परिचालन समितिको संयोजकमा रामचन्द्र पौडेललाई यसअघि नै चयन गरिसकेका छन् ।

 

Loading...