बाजुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु, एक घाइते

धनगढी- बाजुरामा पहिरोले घर पुरिएपछि एक जनाको मृत्यु भएको छ। सोमबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिएर जगन्नाथ गाउँपालिका १ का करीब ४५ वर्षिया प्रभुलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

प्रहरीका अनुसार पहिरोमा परेर मृतककी आमा पनि घाइते भएकी छन्। घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको प्रहरीले बताएको छ। यस्तै मृतकको शव पनि पोस्टमार्टमका लागि कोल्टी पठाइएको बताइएको छ।

Navadurga sun

जगन्नाथ गाउँपालिकामा लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेको छ। अहिलेसम्म गाउँपालिकाका विभिन्न स्थानमा गरी पहिरोले ३ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ। यस्तै जिल्लाका २ प्रहरी चौकी र विद्यालय भवनहरु समेत पहिरोको जोखिममा रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...