कैलालीमा ५ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना

अत्तरिया– कैलालीमा पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच पाँच वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरिएको हो ।  जसमध्ये कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्वास्थ्य तालिम केन्द्र धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जसमध्ये क्षेत्र नं. ४ र ५ कार्यालयको उद्घाटन निर्वाचन आयोगकी माननीय निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले गरिकी हुन् । त्यस्तै क्षेत्र नं. ३ को कार्यालय असोज १५ गते नै स्थापना भइसकेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

क्षेत्र नं. ४ को कार्यालय धनगढी रोड गोदावरी नगरपालिका नजिकै रहेको हुलाक कार्यालयको भवनमा छ भने क्षेत्र नं १ को टीकापुरको नापी कार्यालयमा राखिएको छ ।  यस्तै क्षेत्र नं २ को लम्कीचुहा नगरपालिकाको कार्यालयमा र क्षेत्र नं ३ को घोडाघोडी नगरपालिकाको कार्यालय सुखडमा राखिएको हो ।

Dadeldhura hospital

कार्यालयको उद्घाटनमा बोल्दै आयुक्त तुलाधरले निर्वाचन लाई मर्यादित, निस्पक्ष र भयरहित वातावरण सम्पन गर्न सवै निकाय जिम्मेवारीका साथ लाग्नु पर्नेमा जोड दिएकी हुन् । उनले स्थानिय तहको निर्वाचनमा कैलालीमा ७० प्रतिशत भन्दा बढी मत खसेको हुदाँ अब त्यो भन्दा बढी जनताको सहभागिता गराउँन सवैले मेहनत गनुपर्ने धारणा राखिन । उनले जिर्वाचनमा जनसहभागिता संगै निस्पक्ष, भयरहित र मर्यादित बनाउन आवश्यक रहेको बताईन । उनले निर्वाचनमा ३ गते सम्म १८ बर्ष पुगेका नागरिकले मतदान गर्ने पाउँने पनि जानकारी दिईन ।

कैलालीमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागी ५ लाख ३५ हजार ५ सय १४ मतदाताले सहभागिता जनाउँने छन् । कैलालीका ५ निर्वाचन क्षेत्रका लागी २ सय ३७ मतदानस्थल र ६ सय २९ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना संगै निर्वाचन लक्षित कार्यक्रम निरन्तर अघी बढ्ने प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै राजनितिक दलहरुलाई आचारसहिता बारे जानकारी दिने, मतदान अधिकृत छनौट, तालिम, मतदान तथा मतगणतामा सहभागी कर्मचारीहरुलाई तालिम दिने लगायतका काम निर्वाचन आयोगले थाल्ने बताएको छ ।

त्यस्तै निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ ।

त्यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।

Loading...