


अत्तरिया- कैलाली क्षेत्र नम्बर ४ मा निर्वाचन कार्यालय स्थापना गरिएको छ । आसन्न मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनको तयारीको लागि कार्यालय स्थापना गरिएको हो ।


धनगढी रोड गाेदावरी नगरपालिका नजिकै रहेको हुलाक कार्यालयको भबनमा निर्वाचन कार्यालय राखिएको छ । निर्वाचन कार्यालयको बिहीबार एक कार्यक्रमका बिच निर्बाचन आयोगका आयुक्त डा. जनकी तुलाधरले उदघाटन गरिकि हुन।



कार्यक्रममा कैलालीका मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्याल , क्षेत्र न ४ का निर्वाचन अधिकृत इन्द्र बहादुर कठायत, प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम राज भट्ट, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, तीन वटै सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ ।
त्यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।





