पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने

काठमाडौं- नेपाल पत्रकार महासंघ को केन्द्रीय साधारणसभा आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने भएको छ। महासंघ सुर्खेत शाखाले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा केन्द्रीय साधारणसभाबारे गरिएको छलफलमा उक्त मिति तय गरिएको हो।

महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले नगरकोट बैठकबाट आगामी साधारणसभा सुर्खेतमा गर्ने निर्णय भएको जानकारी दिए।कार्यक्रमका लागि आर्थिक स्रोतको पहिचान र आगन्तुकलाई आवास तथा सत्कारजस्ता मुख्य पक्षलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

Navadurga sun

छलफलका सहभागीले कार्यक्रम सफल पार्न महासंघमा आवद्ध सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। साधारणसभमा देशभरबाट करिब सात सय पदाधिकारी तथा प्रतिनिधि सहभागी हुने महासंघले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...