बैतडी कांग्रेसद्वारा एक्लै चुनाव लड्ने निर्णय

बैतडी – नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्‍याएको छ। सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो। जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरूका तर्फबाट कांग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए।

Dadeldhura hospital

संघमा कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए। यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

महिला, खस-आर्य, दलित सबै कोटामा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो। बैठकमा काठमाडौँमा उपलब्ध जिल्ला कार्यसमितिका पदाधिकारीका लगायत अन्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो। गठबन्धन दलहरुबीच कसले टिकट पाउने भन्ने निर्णय नभइ सकेको अवस्थामा बैतडी कांग्रेसको यस्तो निर्णय बाहिर आएको हो।

 

 

 

 

Loading...